निर्माण सम्पन्न नहुँदै भत्कियो कालोपत्रे सडक

काठमाडाैं | पुस १५, २०७९

निर्माण सम्पन्न नहुँदै भत्कियो कालोपत्रे सडक

तौलिहवा:   कपिलवस्तु नगरपालिका –६ बेलासपुरदेखि थूम्हवा चौरहासम्म जोड्ने सडकको कालोपत्रे सडक निर्माण सम्पन्न नहुँदै सम्पन्न नहुँदैएको छ । निर्माण भएको वर्ष दिन नबित्दै कालोपत्रे भत्किन थालेपछि स्थानीयहरु आक्रोशित भएका छन् । सो सडक निर्माणको जिम्मा सन्तोषी निर्माण सेवाले पाएको थियो । 


त्यस्तै, थुम्हवा गाउँमा झन्डै चार वर्ष पहिला खाडल खनेर शुरू गरिएको निर्माण कार्य ठेकेदार कम्पनीको लापरवाहीले अलपत्र परेपछि स्थानीयहरु सास्ती खेप्न बाध्य भएका छन् । स्थानीय जुबेर अहमद खाँका अनुसार कमसल निर्माण सामग्री भएकाले कालोपत्रे सडक वर्ष नबित्दै भत्किएको बताउनुभयो । 

 

‘सडक कालोपत्रे हुँदा खुसी भएका थियौं, तर काम राम्रो भएन, यति चाँडै भत्किएपछि यसको गुणस्तरमाथि अहिले प्रश्न उठिरहेको छ’ उहाँले भन्नुभयो, ‘कालोपत्रे त केही दिन देखाउनलाई मात्रै गरेको रहेछ, एक वर्ष पनि राम्ररी टिकेन ।’

 

निर्माण सेवाले सेमरी गाउँमा अहिले दुई–तीन लेबर मिस्त्रीले काम गरे पनि त्यो काम कहिले पूरा हुने चिन्ता व्यक्त गरेका छन् । तिलौराकोट–जगदीशपुर, निगालिकोट–सेमरी,  सडवा–लक्ष्मीनगर, श्रीरामपुर, दलदलहा र कपियवामा एकैचोटी ७५ करोड रुपियाँको लागतमा १८ किलोमिटर पक्की बाटो तथा नाली  निर्माणका लागि सन्तोषी निर्माण सेवाले ठेक्का लिएको थियो ।

 

सो निर्माण सेवाले सङ्घीय कार्ययोजना कार्यान्वयन एकाइ भवन तथा शहरी कार्यालय रुपन्देहीबाट २०७४ कात्तिकमा सो सम्झौता गरेको थियो । २०७८ वैशाखसम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने भाका रहे पनि निर्माण कम्पनिले सम्झौताअनुसार काम सम्पन्न गरेको छैन । 

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

थप पढ्नुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ।   निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन का...

थप पढ्नुहोस्

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्